एनएसएल हेर्न ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने

काठमाडौँ, चैत २३ गते ।

नेपाल सुपर लिग (एनएसएल) २०२५ को अवसरमा फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन् ।

एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्ट (एनएसइएम) ले शनिबार ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलको हाफ टाइममा कार्लोस नेपाल आउने घोषणा गरेको हो ।

रोबर्टव कार्लोसको सन्देशसहितको भिडियो दशरथ रंगशालाको ठूलो स्कृनमा सार्वजनिक गरिएको थियो ।

विशेषगरी फ्रिकिकमा लागि चर्चित रोबर्टो कार्लोस विश्वकै उत्कृष्ट डिफेण्डरमध्ये एक हुन् । ५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए ।

उनले सन् २००२ को विश्वकप जितेका थिए । उनले क्लब करियरको लामो समयम स्पानिस जायन्ट रियल मड्रिडबाट खेलेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको