सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, असार २५ गते ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४०० र चाँदी १६० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको