कप्तानगञ्ज घटनाका घाइतेसँग स्वास्थ्यमन्त्रीको भेट

विराटनगर, साउन १२ गते ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता भेटेकी छन् ।

घाइतेको अवस्था बुझ्न मंगलबार विराटनगर आएकी उनले अस्पताल पुगेर घाइतेहरूलाई भेटेकी हुन् ।

घाइते भेटपछि अस्पताल प्रशसानलाई उनीहरूको उपचारमा कुनै कमजोरी हुन नदिन मन्त्री मेहताले निर्देशन दिइन् ।

देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएकाहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री मेहताले घाइतेको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको