काभा च्याम्पियन्स लिग भलिबल नेपालमै हुने

काठमाडौं, साउन १७ गते ।

काभा च्याम्पियन्स लिग भलिबल (महिला) नेपालमै हुने भएको छ । आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १–७) सम्म नेपालमै आयोजना हुने भएको हो ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अनलाईनखबरलाई जानकारी दिए ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले काभा च्याम्पियन्स लिग आयोजनासहित अन्य विभिन्न निर्णयहरु गरेको छ ।

नेपाल भलिबल संघको २०८३र८४ को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णय समेत गरेको छ साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरि त्यसलाई अनुमोदन पनि गरिएको छ ।

यस्तै नेपाल भलिबल संघ स्थापना भएको ५०औँ वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्साहका साथ ‘गोल्डेन जुबली’ का रूपमा भव्यताका साथ मनाउने निर्णय पनि गरिएको अध्यक्ष चन्दले जानकारी दिए ।

नेपाल भलिबल संघको आशन्न १३औँ चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज १५ गतेभित्र देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय भएको छ । यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि ९संयोजक० हरूको चयन गरिएको छ ।

जसअनुसार कोशी प्रदेशमा मदन खड्का, मधेस प्रदेशमा मोहम्मद फिरोज, बागमती प्रदेशमा गौतम लासिवा, गण्डकी प्रदेशमा यम बहादुर गुरुङ,लुम्बिनी प्रदेशमा भीम ओली, कर्णाली प्रदेशाा मंगल श्रेष्ठ र श्याम श्रेष्ठ रफसुदूरपश्चिम प्रदेशमा हरक सिंह धामीलाई संयोजक तोकिएको अध्यक्ष चन्दले जानकारी दिए ।

यसैगरी संघको पूर्ण बैठकले क्लब सदस्यता सम्बन्धी विशेष कार्यदल गठन गरि, कार्यविधि बनाएर सदस्य दिने नयाँ व्यवस्था समेत गरेको छ ।

नयाँ क्लबलाई सदस्यता दिनुअघि कार्यदल बनाएर कार्यविधि निर्माण गरिने र त्यसअनुसार मापदण्ड पूरा भएमा मात्र सदस्यता दिने निर्णय संघको पूर्ण बैठकले गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको