खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता

संखुवासभा, साउन २१ गत ।

संखुवासभाको मकालु गाउँपालिका–५ पाकपोकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका–५ पाकपोकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् ।

गएराति मकालु–५ मा रहेको सिमली खोला तर्ने क्रममा खाँदबारी नगरपालिका–१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

खाएर साथीहरूसँगै हाइड्रोको आवासमा फर्कने क्रममा बुधबार राति ११ बजे सुपरभाइजर निरौलालाई खोलाले बगाएर बेपत्ता भएका हुन् ।

हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम पश्चिम आठबिकोट नगरपालिका – १० का दिनेश विश्वकर्मा र इलाम जिल्लाको इलाम नगरपालिका (१ का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँ तर्फ जादै गरेका निरौलालाई खोलाले बगाएको थियो ।

बेपत्ता भएका निरौलाको प्रहरी र स्थानीयको सहयोग खोजी कार्य भइरहेको छ । घटना स्थल नुम प्रहरी चौकीबाट २० किलोमिटर पूर्वमा पर्दछ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र यादवको टोली घटना स्थल सिमली खोला तर्फ लागेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको