तारिख बुझ्न रवि काठमाडौं जिल्ला अदालतमा

काठमाडौं, साउन २१ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा सभापति लामिछानेविरुद्ध मुद्दा छ ।

सोही मुद्दामा तारिख बुझ्न बिहीबार उनी अदालत पुगेका हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा कुल १ अर्ब १९ करोडमध्ये ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ लामिछाने तत्कालीन अवस्थामा संलग्न गोर्खा मिडिया नेटवर्कमा गएको भेटिएको थियो ।

सहकारीबाट प्रत्यक्ष रूपमा २ करोड ६६ लाख र विभिन्न व्यक्तिका नाममा फर्जी खाता खडा गरेर २ करोड १३ लाख ९६ हजार रुपैयाँ गरी ५ करोड ७८ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको थियो ।

थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाडेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको