विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष खड्गले लिए शपथ

काठमाडौं, साउन २१ गते ।

विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राडा. खड्ग केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्यक्ष केसीलाई शपथ खुवाएका हुन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले केसीलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको थियो । त्यसपछि आज मन्त्रालयमा मन्त्री पोखरेलले शपथ खुवाएका हुन् ।

अध्यादेशमार्फत आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारी पदमुक्त भएपछि अध्यक्ष पद खाली थियो । यद्यपि, अधिकारीले अध्यादेश जारी हुनुअघि राजीनामा दिएका थिए ।

अध्यक्षमा नियुक्त भएका केसीले पनि त्रिविको शिक्षाध्यक्षबाट अध्यादेश जारी हुनुअघि राजीनामा दिएका थिए । केसी त्रिविको शिक्षाध्यक्षमा २०८१ वैशाखमा नियुक्त भएका थिए । त्रिविका तत्कालीन उपकुलपति प्राडा। केसरजंग बरालले राजीनामा दिएपछि उनले उपकुलपतिको समेत जिम्मेवारी सम्हालेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको