जनमत पार्टीले दोस्रो महाधिवेशन असोज असोज ९ र १० गते गर्ने

काठमाडौं, भदौ ८ गते ।

डा। सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो महाधिवेशन आगामी महिना असोजमा गर्ने भएको छ । असोज ९ र १० गते दोस्रो महाधिवेशन हुने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले भदौ २१ गतेसम्म वडा तथा पालिका गरिसक्ने कार्यतालिका बनाइएको छ ।

यस्तै, भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यको क्रियाशील सदस्यता कायम गर्ने निर्णय गरिएको छ । निश्चित रकम बुझाएर सदस्यता नवीकरण भएकाहरूबाट मात्रै महाधिवेशन प्रतिनिधि बन्न र उम्मेदवार हुनसक्ने भएकाले शुल्क बुझाएर नवीकरण गर्न पार्टी कार्यकर्तालाई आग्रह गरिएको छ ।

महाधिवेशनबारे थप निर्णय गर्न भदौ २२ गतेका लागि सचिवालयको बैठक बोलाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको