बाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति गर्न अमेरिकाले दियो तीन सोलार चार्जिङ ट्रेलर

काठमाडौं, भदौ १८ गते ।

अमेरिकाले भोटेकोशी बाढीबाट प्रभावित दुर्गम क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन सशस्त्र प्रहरीलाई तीन वटा सोलार चार्जिङ ट्रेलर सहयोग गरेको छ ।

अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख विल भनले ती सोलार चार्जिङ ट्रेलर औपचारिक रूपमा सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरे ।

सशस्त्रले बाढी प्रभावित दुर्गम समुदायमा भरपर्दो विद्युत् उपलब्ध गराउन ती ट्रेलर परिचालन गर्नेछ। भोटेकोशी बाढीका कारण विद्युत् तथा अन्य आधारभूत सेवामा समस्या भएका क्षेत्रमा यसको प्रयोग हुने छ ।

सोलार चार्जिङ ट्रेलर अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्सले अमेरिकी न्याय विभागसँगको सहकार्यमा उपलब्ध गराएको अमेरिकी राजदूतावासले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको