काठमाडौं, असोज ९ गते ।
बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि आवागमन ठप्प भएको हो ।
यसअघि गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि सोही स्थानमा भीषण पहिरो गएको थियो । उक्त पहिरो पन्छाएर माथिबाट २ सय ७० मिटर नयाँ ट्र्याक खोली ग्राभेल गरेपछि असोज १ गतेदेखि मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । न्यूज कारखाना






