घरमै लुकाएर राखेको गाँजासहित युवक पक्राउ

रौतहट, असोज ९ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय जयनारायण चौधरी छन् । विशेष सूचनाका आधारमा बिहीवार दिउँसो करिब ४ः४० बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घरआँगनमा खानतलासी गर्दा १५ वटा पुरीयामा राखिएको ३२० ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ४१० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको थियो। प्लास्टिकसहित बरामद पदार्थको कुल तौल १ किलो ७३० ग्राम रहेको प्रहरीले जनाएको छ ।

वरिष्ठ सई उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा ल्याएको हो ।

चौधरीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको