आजपा बिदेश बिभाग प्रमुखको जिम्मेवारी सापकोटालाई

काठमाडौं, असोज १९ गते ।

आम जनता पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकले बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ।

​असोज १८ गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकले सापकोटालाई उक्त महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो।

​लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आएका सापकोटालाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

​विदेश विभाग प्रमुखको भूमिकामा रहेर उनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुका साथै वैदेशिक क्षेत्रमा रहेका नेपालीहरूका समस्या समाधान र हकहितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ। न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको