काठमाडौं, असार ३ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् ।
भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् ।
`मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबनू को प्रतीकले जनाउँछ,झ सांसद मनिष झाले भने, `आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को बिरोध गरेका छन।`








