काठमाडौँ, असार ५ गते ।
युभेन्टसले जारी फिफा क्लब विश्वकपमा शानदार शुरुवात गरेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा युभेन्टसले युएईको क्लब अल ऐनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा राण्डल कोलो मुआनी र फ्रान्सिस्कोकोंसिकाओले २–२ गोल गरेका थिए भने केनान यिल्डिजले एक गोल गरेका थिए ।
यो जितपछि युभेन्टस समुह जी मा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह जी मै म्यानचेस्टर सिटीले पनि पहिलो खेल जितेर ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी








