काठमाडौँ, असोज ३१ गते ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ ।
कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम पार्टी कार्यालय, सानेपामा दिउँसो २ बजे हुनेछ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाको शपथ लिन लागिएको हो । अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ भने दसैँपछि मात्र हुने पार्टीले जनाएको छ ।








