आपसी विवादमा झगडा हुँदा एकको मृत्यु

काठमाडौं, असोज ३१ गते ।

काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा भएको झगडामा एक युवकको मृत्यु भएको छ।

शनिबार राति करिब १२स्१२ बजे काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९ मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङबीच विवाद भएको थियो।

विवादका क्रममा झगडा हुँदा सुवाश लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो १स्३० बजे मृत्यु भएको हो।

घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको