सुनचाँदीका गरगहनासहित ४ भारतीय नागरिक पक्राउ

काठमाडौं, कार्तिक ९ गते ।

दशैंको मौकामा चोरी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारका २५ वर्षीय विकास पोदार, बिहारकै १९ वर्षीय राजु पोदार, सोही ठाउँका २३ वर्षीय राजेन्द्र कुमार र सोही ठाउँका विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले कलंकीस्थित किसन सिंह बस्नेतको घरमा भाडामा बस्ने उर्मिला भनिने सीता थपलियाको कोठाबाट र कलंकीकै रंजित कोलोनीस्थित निरन्जन नेपालको घरबाट नगद र सुनचाँदीका गरगहना चोरी गरेृको प्रहरीले बताएको छ ।

उनीहरूले ४ कात्तिक र ६ कात्तिकमा उक्त घरबाट ठूलो मात्रामा धनमाल चोरी गरेको प्रहरीले बताएको छ । उनीहरूबाट प्रहरीले चोरी भएका ठूलो मात्रामा सुनचाँदीका गरगहनाहरू बरामद गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको