हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति

काठमाडौं, कार्तिक ९ गते ।

हुंकार मधेशले देशका विभिन्न २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले २५ जिल्लाका लागि सम्पर्क व्यक्ति तोकेको प्रवक्ता केशव कुमारले जानकारी दिए।

हुंकार मधेशको घोषणा गत असोज ९ गते भएको थियो। यसअघि केन्द्रमा सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुखहरूको घोषणा भइसकेको केशव कुमारको भनाइ छ।

मंसिर पहिलो सातादेखि हुंकार हुलाकी यात्राको तयारी स्वरुप अहिले विभिन्न जिल्लाहरूमा अभियान केन्द्रित बैठक भइरहेको उनले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको