काठमाण्डुबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर

काठमाडौं, कार्तिक १६ गते ।

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।

वार्नर काठमाण्डु गोर्खाजमा अनुबन्धित भएका छन् । उनी आइतबार साँझ काठमाडौं अवतरण भएका हुन् । काठमाडण्डु गोर्खाजले आजै मध्याह्न साढे १२ बजे कर्णाली याक्ससँग खेल्दैछ । उक्त खेलमा वार्नर उपलब्ध हुने सम्भावना छ ।

एनपीएलमा अनुबन्ध हुने ठूला विदेशी खेलाडी मध्ये वार्नर एक हुन् । ३९ वर्षीय वार्नरले आफू एनपीएल खेल्न उत्साहित भएको बताएका छन् ।

अस्ट्रेलियाका सबैभन्दा सफल ब्याटरमध्ये एक वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार ९९५ रन बनाएका छन् । वार्नरले टेस्टमा ८७८६, ओडीआईमा ६९३२ र टी२०आईमा ३२७७ रन बनाएका छन् ।

उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी हुन् । वार्नरले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

वार्नरको आगमनले पहिलो खेल हारेको काठमाण्डु गोर्खाजलाई राहत मिलेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको