एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने

काठमाडौं, कार्तिक १७ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमने(सामने हुनेछन् ।

अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एकमा जित र दुई खेलमा हार बेहोरेको छ ।

चितवन र कर्णालीसँग हार बेहोरेको विराटनगरले सुदूरपश्चिमसँग भने जित निकालेको थियो ।

जनकपुरले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने काठमाडौं र पोखराविरुद्ध जित निकालेको थियो ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी र पोखरा भिड्ने छन् ।

लुम्बिनी लाइन्सले दुई खेल मध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिमविरुद्धको पहिलो खेलमा लुम्बिनीले जित निकालेको थियो भने चितवनविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

पोखराले भने आफ्नो दुवै खेल हारेको छ । पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । लुम्बिनीविरुद्धको खेलमा पहिलो जित निकाल्ने दाउमा पोखरा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको