जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

धनगढी, असार ६ गते ।

डोटीमा शुक्रबार अपराहन्न जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

अपराहन्न करिब १ः४५ डोटीको मौवाको खिराधारमा आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जीप करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुघटनामा घाइते पाँच जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको