काठमाडौं, मंसिर ६ गते ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ।
विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी दिइएको छ।
आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसनामा क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।








