रास्वपाद्वारा तीनकुने घटनामा मृत्यु भएका रजकको परिवारलाई ३ लाख सहयोग

काठमाडौँ, असार ७ गते ।

राष्ट्रिय स्वतन्त्र (रास्वपा) ले गत चैत्र १५ मा तीनकुने घटनामा मृत्यु भएको पत्रकार सुरेस रजकको परिवारलाई ३ लाख सहयोग गरेको छ ।

रास्वपाले आज पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रजक परिवारलाई तीन लाख हस्तान्तरण गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

तीन लाख चेक पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेलले रजकको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

साथै रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको