हेटौंडा, मंसिर ९ गते ।
बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक बस्ने भएको छ ।
गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन ।
प्रदेशसभा सचिवालयका अनुसार सूचना बैठक १५ मंसिर दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गरेकी हुन् ।








