कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो

काठमाडौं, मंसिर ९ गते ।

आफूलाई प्रहरी महानिरीक्षकबाट गैरकानूनी रुपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार दुवै पक्षको छलफल सकिएको छ ।

न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिट निवेदक कार्कीका कानून व्यवसायी, महान्यायाधीवक्ता सहित सरकारी वकिलहरु अनि नवनियुक्त प्रहरी महानिरीक्षक डा। मनोज केसीका कानून व्यवसायीहरुले बहस गरेका हुन् ।

बहस सकिएपछि न्यायाधीशहरूले बुधबार नै आदेश लेख्ने तयारी गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको