बंगलादेशले श्रीलंकालाई दियो २९६ रनको लक्ष्य

काठमाडौँ, असार ७ गते ।

बंगलादेशले जारी टेस्ट खेलमा श्रीलंकालाई २९६ रनको लक्ष्य दिएको छ ।

टेस्टको पाँचौं दिन बंगलादेशले आफ्नो दोस्रो इनिंगमा ६ विकेट गुमाउदै २८५ रन बनाएर पारी घोषणा गर्दै श्रीलंकालाई २९६ रनको लक्ष्य दिएको हो ।

बंगलादेशले पहिलो इनिंगमा १० रनको बढ्त लिएको थियो । बंगलादेशले पहिलो इनिंगमा ४९५ रन बनाएको थियो भने श्रीलंकाले पहिलो इनिंगमा ४८५ रन बनाएको थियो ।

अब टेस्टको अन्तिम दिन श्रीलंकाले कम्तिमा ३७ ओभर खेल्ने भएको छ । श्रीलंकाले जितका लागि ३७ ओभरमा २९६ रन बनाउनु पर्ने छ भने बंगलादेशले १० विकेट लिनुपर्ने छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको