एयर पेस्तोलसहित भारतीय नागरिक पक्राउ

झापा, असार ७ गते ।

मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिन सहितको एयर पेस्तोल १ थान, एयर वुलेट ५ राउण्ड र खुकुरी २ थान सहित भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ ‍वर्षीय जय प्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लुबि ७० जि ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको