आज दुई संसदीय समितिको बैठक बस्दैँ

काठमाडौँ, असार ८ गते ।

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका एक एक संसदीय समितिको बैठक बस्दैँछ ।

आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।

त्यस्तै अपराहन्न २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको