काठमाडौँ, असार ११ गते ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको छ । असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।
एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआर (IVR) का विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।
एसएमएस र आईभीआर
एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत ८ज्ञटण्ण्३ डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।एसएमएसबाट थाहा पाउनः
नेपाल टेलिकमः १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर सेवामार्फत सुन्ने ।
जानकी टेक्नोलोजीः ३५००१ मा एसएमएस पठाउने ।
आकाश टेकः ३१००३ मा एसएमएस पठाउने ।
स्विफ्ट टेक्नोलोजीः ३४४५५ मा एसएमएस पठाउने ।
अल स्टार आईटी सोलुसन्सः ३४९४९ मा एसएमएस पठाउने ।
तरिका
–सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।
–त्यसपछि पठाउनुपर्ने नम्बरमा ज्ञटण्ण् वा घछण्ण्ज्ञ वा घज्ञण्ण्घ वा घद्धद्धछछ वा घद्धढद्धढ राख्नुहोस् ।
–त्यसपछि एमएमएस बक्समा ल्भ्द्य टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।
–त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।
वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प
वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन्ः
-
see.ntc.net.np
-
see.esewa.com.np
-
खल्ती एप
-
collegeinfonepal.com
-
theconnectplus.com
-
collegesnepal.com/see_result
-
एनसेल एप
-
swiftttech.com.np/see-result
-
result.neemaacademy.com
-
see.mypay.com.np








