श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा बंगलादेशको औसत शुरुवात

काठमाडौँ, असार ११ गते ।

बंगलादेशले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा औसत शुरुवात गरेको छ ।

टेस्टको पहिलो दिन बंगलादेशले ८ विकेट गुमाउदै २२० रन बनाएको छ । टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले पहिलो ८ विकेट गुमाएको छ र २२० रन बनाएको छ ।

बंगलादेशका लागि शडमान इस्लामले सर्बाधिक ४६ रन बनाए भने मुशाफिकुर रहिमले ३५, लिटन दासले ३४, मेहिदी हसन मिराजले ३४, नयीम हसनले २५ र मोमिनुल हकले २१ रन बनाएका थिए ।

त्यसैगरी श्रीलंकाका बलर असिथा फेर्नानडो, विश्वा फेर्नान्डो र सोनाल दिनुषाले २२ विकेट लिएका थिए भने थारिन्दु रत्नायके र धनन्जय डी सिल्भाले एक एक विकेट लिएका थिए ।

बंगलादेश र श्रीलंकाबीच यस अघि खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको