काठमाडौँ, असार १६ गते ।
एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा उज्बेकिस्तानले श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।
समुह एचमा रहेको उज्बेकिस्तानले गएराती सम्पन्न खेलमा श्रीलंकालाई १०–० गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि समुह एचमा उज्बेकिस्तान शिर्ष स्थानमा रहेको छ । त्यस्तै आइतबारनै सम्पन्न खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।
अब यस समुहमा नेपालले जुलाई २ मा श्रीलंका तथा उज्बेकिस्तानले लाओसविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै जुलाई ५ मा नेपाल र उज्बेकिस्तान तथा लाओस र श्रीलंका खेल्ने तालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी








