विद्यालयलाई सहयोग

तनहुँ, असार २६ गते ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यहाँको एक विद्यालयलाई सहयोग गरेको छ ।

गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालय भवनको छानो हुरीले उडाएपछि अध्ययन–अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले रु एक लाख खर्चेर विद्यालयलाई टिनको छानो हालिदिएको हो ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर छानो हालिएको छ । यसअघि ढुङ्गाको छानो थियो । त्यसलाई नै निरन्तरता दिँदा दुर्घटनाको जोखिम भएकाले ढुङ्गाको सट्टा टिन प्रयोग गरिएको उनले बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको