राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौँ, चैत २६ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज सो म्याद थप भएको हो ।

यही चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोपमा प्रहरीले सोही राती पक्राउ गरेको थियो ।

काठमाडौँ अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनालाई अनुसन्धानका निम्ति थप १५ दिनको म्याद थप गरिएको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको