पब्लिक सन्देश
गौशाला, साउन २१ गते ।
सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ः अल्ट्रा–पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि–अर्डर गर्न मिल्ने भएको छ ।
सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुकाफोल्ड, ग्यालेक्सी जेड पÞmोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन् । ठुलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग, र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ । नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन र २०० मेगा पिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ ।
नयाँफोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठुलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम स्पोर्ट सम्भव बनाउँछ ।
ग्यालेक्सी जेड फ्लिप७ अब झनै पातलो, टिकाउ र पोर्टेबल बनेको छ । अबको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ । यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ, र लामो ब्याट्री लाइफउपलब्ध छन् ।
जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ । साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी जेड सिरिजले प्रविधिमा मात्रै होइन, मानिसहरूले स्मार्टफोन प्रयोग गर्ने तरिकामा पनि नविनता ल्याएको छ । पावरफुल मल्टिटास्किङ, झनै इमर्सिभ डिस्प्ले र बलियो टिकाउपनका साथ यी फोल्डेबलहरूले प्रयोगकर्तालाई बढी गर्न, आफूलाई व्यक्त गर्न र मोबाइल अनुभवलाई अझ लचिलो बनाउन सहयोग गर्नेछ । हामी नेपाली ग्राहकहरूले यसलाई कसरी अपनाउनुहुन्छ भन्ने कुरामा उत्साहित छौँ ।”
सामसङले ग्राहकलाई १ वर्षको लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत एकपटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स पनि दिनेछ । साथै, हुलास फिनसर्भ हाईर पर्चेज लिमिटेडद्वारा संचालित सामसङ इन्स्टा फाइनान्सको माध्यमबाट, ग्राहकहरूले ० प्रतिशत ब्याजमा सहज किस्ता बन्दी सुविधा पनि पाउने छन् । प्रक्रिया सरल छ, केवल नागरिकता भए पुग्छ ।








