म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्तेष्टीको अझै भएन टुंगो

म्यानमार, साउन २४ गते ।

म्यानमारका कार्यवाहक राष्ट्रपति बनेका मिन्ट स्वेको निधन भएको छ ।

चार वर्षअघि आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी विवादस्पद परिस्थितिमा उनी कार्यबहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका थिए।
श्रीमती र दुई छोराछोरीसहित रहेको उनी ७४ वर्षका थिए ।

उनको मृत्यु बिहिवार भए पनि हालै सेनाले यो जानकारी दिएको हो । म्यानमारको सेनाको सूचना शाखाले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार बिहान राजधानी नेपिताउको सैनिक अस्पतालमा उनको मृत्यु भएको हो ।

करिब एक वर्षअघि बिरामी भएको खबर सार्वजनिक भएपछि मिन्ट स्वेले राष्ट्रपतिको कार्यभार सम्हाल्न बन्द गरेका थिए, सेनाको सूचना शाखाबाट छुट्टै विज्ञप्तिमा उनको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने भनिएको छ तर मिति भने घोषणा गरिएको छैन् तर कारण पनि खुलाइएको छैन ।

म्यानमारको आधिकारिक जानकारीका अनुसार उनको अवस्था नाजुक छ र उनी जुलाई २४ देखि नेप्यितावको सैन्य अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका थिए ।

गत वर्ष जुलाईमा मिन्ट स्वे मानसिक विकारबाट पीडित भएको खबर आएको थियो।  जसका कारण उनी खाना खाने जस्ता सामान्य दैनिक काम गर्न नसक्ने भएका थिए । केही दिन पछि, उनले आफ्नो चिकित्सा बिदाको क्रममा सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन आङ ह्निङलाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको