यौन अपराधमा दोषी देखिए पछि राजिनामा

सिडनी, साउन २५ गते ।

अष्ट्रेलियाका सांसद ग्यारेथ वार्डले यौन अपराधमा दोषी ठहर भएपछि राजीनामा दिएका छन् ।

उनका पूर्व सहकर्मीहरूले उनलाई संसदबाट निष्कासन गर्न मतदान गर्ने तयारी गरिरहेका बेला यो कदम चालिएको हो ।

ग्यारेथमाथि दुई युवकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनले २०१३ मा एक १८ वर्षीय युवा र २०१५ मा एक कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनको सजाय सेप्टेम्बरमा तोकिएको छ, जसमा उसले १४ वर्ष जेल सजाय भोग्न सक्छ ।

मुख्यमन्त्री क्रिस मिन्सले भने, ‘गम्भीर यौन अपराधमा दोषी ठहर भएका व्यक्तिले संसदमा बसेर तलब लिन पाउँदैनन् । जेलबाट समाजको प्रतिनिधित्व कसरी हुन्छ ?’
े
ग्यारेथ सन् २०११ देखि कियामा सिटका सांसद थिए। उनको राजीनामापछि अब उपनिर्वाचनको मिति तय हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको