राष्ट्रपति पौडेल सङ्खुवासभामा

सङ्खुवासभा, भदौ १२ गते ।

राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुग्नुभएको छ । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु–याएको छ ।

राष्ट्रपति पौडेल यहाँ पुग्नुहुँदा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ ।विशेष समारोह अहिले पनि यहाँ जारी रहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको