काठमाडौँ, जेठ १७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गरेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरूसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रूपमा सहभागी हुन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव जसपा नेपालको प्रवास संगठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठन कार्यक्रममा पनि सहभागी हुनेछन् ।
अध्यक्ष यादव नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किनेछन् ।








