राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट

काठमाडौँ, जेठ २५ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गरिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएकामा उहाँप्रति कृतज्ञता ज्ञापन गरिएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको