इरान माथी इजरायली हमला

तेहरान, जेठ ३० गते ।

इरानको राजधानी तेहरानको उत्तरपूर्वमा विस्फोट भएको छ  ।

सरकारी समाचार एजेन्सी नूर न्यूजले सो बिष्फोटको पुष्टी गरेको हो ।

इजरायली वायुसेनाले इरानमा हमला गरेको एक्सियोस समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

दुई अज्ञात अमेरिकी अधिकारीहरूले पनि इजरायलले इरानमा आक्रमण गरेको रोयटर्स समाचार एजेन्सीलाई बताएका छन । अधिकारीहरूले भने कि वाशिंगटनले आक्रमणमा सहयोग नगरेको र थप विवरणहरू दिन अस्वीकार गरेको छ ।

इजरायली सेनाले अहिलेसम्म सार्वजनिक रूपमा आक्रमणको पुष्टि गरेको छैन। तर एक्सको एक पोष्टमा सेनाले इजरायलको नागरिक र सार्वजनिक सुरक्षा दिशानिर्देशहरूलाई ०३ः०० आवश्यक गतिविधिमा परिवर्तन गरिएको घोषणा गरेको छ ।

इरान इन्टरनेशनलले केही तस्विरहरू सार्बजनिक गरेको छ, जहाँ घरमाथी लक्षित गरेर सो बिष्फोट गराइएको हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको