नागरिक फर्काउन भारतले शुरु गर्यो अप्रेशन सिन्धु

काठमाडौँ, असार ५ गते ।

इरानमा बिग्रँदै गएको अवस्थाको बीचमा, त्यहाँ फसेका ११० भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा भारत ल्याइएको छ ।

भारतले इजरायल–इरान तनाबमा दुवै देशमा फसेका भारतीयको उद्धार गर्न अप्रेशन सिन्धु संचालन गरेको छ । भारतको विदेश मन्त्रालयले अप्रेशन सिन्धु अन्तर्गत पहिलो उडानमा इरानबाट ११० भारतीयलाई दिल्ली ल्याइएको जानकारी दिएको छ ।

इरानबाट फर्किएका एक विद्यार्थी यासिर गफ्फारले रातमा माथिबाट क्षेप्यास्त्रहरू उडिरहेको र ठूलो विस्फोट सुनेको बताए । यस उडानमा इरानको उर्मिया विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई ल्याइएको बताइएको छ । विद्यार्थीहरुले पहिले आफुहरुलाई विश्वविद्यालयबाट निकालेर आर्मेनिया लगिएको थियो, त्यहाँबाट उनीहरुलाई भारत फर्काइएको जानकारी दिएका छन् । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको