भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ – ज्ञानेन्द्र शाही

काठमाडौं, असार ५ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानविन हुनु्पर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै शाहीले भिजिट भिसा प्रकरणलाई कुनै दल विशेषको एजेण्डा बनाउन नहुने र यस अघि गृहमन्त्री बनेका १४ जनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनले भने– ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सबैको साझा मुद्दा हो । आज एक जना गृहमन्त्रीको कुरा होइन । १४ जना गृहमन्त्रीको कुरा हो । २०६४ सालदेखि अहिलेसम्मको कुरा हो ।’

सांसद शाहीले भिजिट भिसाको नामा लाखौं मान्छेहरु बेचिएको बताउँदै एक जना सांसदले विरोध गर्दा पनि सदन सुचारु हुन नहुने बताए । राप्रपाले विरोधको वाबजुद पनि संसद् चलाएको बन्दै आज पनि संसद् बहिस्कार गरेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको