देशका प्रमुख चार सडक अझै पूर्णरुपमा अवरुद्ध, चार एकतर्फी

काठमाडौँ, असार ५ गते ।

बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ । नेपाल प्रहरीका अनुसार विहिबार साँझ ६ बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख चार सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने चार सडक एकतर्फी संचालनमा रहेका छन् ।

हाल सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी, लार्चा र कोप्लाङमा पहिरो जादा अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध रहेको छ ।त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी(१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ ।

त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को विनयी खोलाको डाइभर्सन, धनकुटाको रवि राके भेडेटार सडक, गुल्मीको कालिगण्डकी कोरिडोर, जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको