पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ, असार ५ गते ।

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ ।

बिहीबार अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यो आदेश दिएको हो ।७लदकउसयससँगै अब पाठकले हालेको मुद्दा नटुङ्गिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न नपाउने भएको छ ।

पाठकले काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी बनाएको भिडियो रिपोर्टका विरुद्ध परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको