भारतबाट आएका थप दुई जनामा कोरोना संक्रमण

धनगढी, असार ५ गते ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका दुई जना रहेका छन् । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आएका दुवै जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म २५ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ जना संक्रमित ठिक भएका छन् । हाल सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ९ रहेको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको