काठमाडौँ, असार ६ गते ।
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।
विहान ९ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै विहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजेटमा सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी








