मोदीले गरे इरानका राष्ट्रपतिसँग टेलिफोन कुराकानी

काठमाडौँ, असार ८ गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग फोनमा कुराकानी गरेका छन् ।

प्रधानमन्त्री मोदीले आफुले इरानका राष्ट्रपतसँग फोनमा कुराकानी गरेको जानकारी दिदै लेखेका छन्– ‘मैले इरानका राष्ट्रपतिसँग कुरा गरे । हामीले वर्तमान अवस्थाको बारेमा विस्तृत रूपमा छलफल गर्यौं । हालै बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गरे । तत्काल तनाव कम गर्न, संवाद र कूटनीति अगाडि बढाउन हाम्रो आह्वान दोहोर्‍याए र क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरताको चाँडै पुनर्स्थापनाको माग गरे ।’

इरान र इजरायलबीचको युद्ध जारीरहेकै बेला भारतले इरानबाट एक हजारभन्दा बढी भारतीय विद्यार्थीलाई फिर्ता ल्याएको छ । यसका लागि इरानले आफ्नो हवाई क्षेत्र खोलेर सहयोग गरेको भरतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अमेरिकाले आइतबार बिहान इरानका फोर्डो, नातान्ज र इस्फहानमा रहेको इरानको आणविक स्थलहरूमा आक्रमण गरेको थियो ।

यो आक्रमणपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलिने खतरा रहेकोमा विश्वभर चिन्ता व्यक्त गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको