इरानमाथि अमेरिकी आक्रमणलाई ‘गम्भीर चासो’ का साथ हेरिरहेका छौं– जापान

काठमाडौँ, असार ८ गते । जापानी प्रधानमन्त्री शिगेरु इसिबाले इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमणलाई ‘गम्भीर चासो’ का साथ हेरिरहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री इशिबाले यस अवस्थालाई जापानले ‘गम्भीर चासो’का साथ हेरिरहेको बताउदै इरानको आणविक कार्यक्रम बन्द गर्नुपर्ने बताएका छन् । उनले दुई देशबीच बढ्दो तनावको बारेमा उनले तनाव कम गर्नु ‘सबैभन्दा महत्त्वपूर्ण’ भएको बताए । अमेरिकाले आइतबार बिहान इरानका फोर्डो, नातान्ज र इस्फहानमा रहेको इरानको आणविक स्थलहरूमा आक्रमण गरेको थियो । यो आक्रमणपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलिने खतरा रहेकोमा विश्वभर चिन्ता व्यक्त गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको