प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, असार १३ गते ।

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा हुनुभएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गर्नुभएका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थियो ।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको