प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असार १४ गते ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे बस्दैछ ।

आज ुआर्थिक विधेयक, २०८२ु माथि प्राप्त संशोधनसहित छलफल हुने छ भने आर्थिक विधेयक, २०८२ू माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत हुदैछ ।

त्यस्तै आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज गृहमन्त्री रमेश लेखकले ुराज्यव्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको